राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा राप्रपा सांसद मतदानमा सहभागी

मकवानपुर । राष्ट्रियसभा सदस्यको मतदानमा प्रदेश १ बाहेक अन्य प्रदेशमा सहभागी नहुने भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको निर्वाचनमा सहभागिता जनाएको छ ।
प्रदेश १ बाहेक अन्य प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाका प्रदेशसभा सदस्यले मतदानमा सहभागिता जनाउनुभएको हो ।
राष्ट्रियसभाको बागमती प्रदेशमा जारी मतदानमा प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गर्नुभएको छ ।
मतदानमा सहभागी रिता माझीले पार्टीले मङ्गलवार बेलुका पार्टीले मतदान गर्न निर्देशन दिएकोले मतदान गरेको बताउनुभयो ।
राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा दुई जना र प्रदेशसभामा दुई जना प्रतिनिधि हुनुहुन्छ ।
राप्रपाले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो । भने, एमालेमा मतदान गर्ने औपचारिक निर्णय गरेको थियो ।
दुई पदका लागि हुन लागेको बागमतीमा ६ जनाको उम्मेदवारी छ । सत्तारुढ गठबन्धनका दुई, नेकपा (एमाले)को तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा हुनुहुन्छ ।
गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस)बाट गोमादेवी तिमल्सिना र अन्यमा काङ्ग्रेसबाट कृष्णप्रसाद पौडेल हुनुहुन्छ ।
एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्