तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक सङ्गठन मकवानपुरको अधिवेशन स्थगित

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरको आसन्न १३ औँ जिल्ला अधिवेशन स्थगित भएको छ ।

सङ्गठनको शनिबार बसेको भर्चुअल बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको हुँदा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरेको हो ।

माघ १३ र १४ गते अधिवेशन गर्ने पूर्वघोषित तालिका बमोजिम १० वटै स्थानीय तहहरू तयार रहे पनि कोरोना जोखिम बढ्दै गएपछि स्थगित गरिएको सङ्गठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।

जिल्ला समितिका पदाधिकारी सहित सङ्गठनमा आबद्ध शिक्षकहरू कोरोनाबाट प्रभावित भएकाले हाललाई अधिवेशन स्थगन गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्षतामा भर्चुअल बैठक भएको थियो ।

कार्यक्रममा सङ्गठनकी उपाध्यक्ष लक्ष्मी गजुरेल, कार्यवाहक सचिव प्रतिमा गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button