सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक ६५ वर्षीय पुरुषको मृत्यु

सप्तरी। सप्तरीमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।सप्तरीको विष्णुपुर गाउँपालिका–७ का ६५ वर्षीय पुरुषको शुक्रवार सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।
एक साता यता सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।यसअघि रुपनी गाउँपालिकाकी ७५ वर्षिया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।
योसँगै सप्तरीमा तेस्रो लहरमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्