नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने पक्राउ

बर्दिया – नेटवर्किङ व्यवसायलाई नेपालमा बिस्तार गरी ठगि गरेको आरोपमा बर्दिया प्रहरीले चार जनालाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ ।
ओरियन्स ग्लोबल नेटवर्किङ प्रा.लि नामक बहुराष्टिय कम्पनिले नेटवर्किङ व्यवसाय नाममा ठगी गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका ४ का बिवेक थारू, वडा ५ का प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ बस्ने दिपक चौधरी र राजापुर नगरपालिका वडा नं ३ बस्ने अशा थारू लाइ नियन्त्रण गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कम्पनीले विभिन्न बहाना बनाई नेपालीलाई ठग गरेको र अहिले सम्म करिव २ सय उजुरी परेकाले कम्पनीको एजेन्टका रूपमा काम गरी रहेका चार जनालाई नियन्त्रणमा लिइएको समातिएका चारैजनालाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो
पछिल्लो समय नेटवर्किङ ब्यवसाय सञ्चालन गरेर बाके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सर्वसाधारण ठगिन थालेको उजुरी पर्न थाले पछि प्रहरीले नेटवर्किङमा संलग्नलाई नियन्त्रणमा लिन सुरु गरेको बास्तोलाले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्