तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा पुनः ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु

पाल्पा । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पाल्पामा पुनः ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु भएको छ ।

कोरोना सङ्क्रमणबाट बच्नको लागी अनिवार्य मास्क लगाउनुपर्ने हुनाले बिचमा रोकिएको ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु फेरी सुरु भएको हो ।

मङ्गलवार तानसेनको शितलपाटी, नारायण स्थान, टुँडिखेल, मखन टोल लगायतका ठाउँमा मास्क नलाई हिँडेका नागरिकहरूलाई सचेत गराउँदै निःशुल्क मास्क वितरण गरिएको थियो ।

प्रहरी कार्यालयको सक्रियता र समन्वयमा अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button