बझाङको खप्तडछान्नामा पहिरोमा परिएर चार जनाको मृत्यु
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरोमा परि चार जनाको मृत्यु भएको छ ।
घर माथिबाट पहिरो खसेर घर पुरिदा खप्तडछान्ना गाउँपालिकाको माझीगाँउ र कालुखेतीका दुई/दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा नं ४ माझिगाँका अन्दाजी ४५ बर्षीया धर्मराज रोकाया र ४१ बर्षिया उनकी श्रीमती र वडा नं ५ कालुखेतीका अन्दाजी ४७ बर्षीया बिरु गिरी र उनकी ४५ बर्षीया श्रीमती चन्द्रा गिरी रहेका छन् ।
पहिरोले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्