कालीगण्डकी नदीमा जलयात्रा शुरु
रोशन तिवारी, पर्वत । कालीगण्डकी नदिमा जलयात्रा (र्याफ्टिङ ) शुरु भएको छ ।
छोटो तथा लामो दुरीको जलयात्राका लागि विदेशी तथा आन्तरिक पर्यटकको संख्या दशै सकिएसँगै बढेको हो । एकसाताकै अवधिमा कालीगण्डकी नदीमा दुई हजार जनाले जलयात्रा गरिसकेका छन् ।
पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल देखि स्याङजाको मिर्मि सम्म लामो दुरीको र मालढुङ्गा देखि नयाँपुल सम्मको छोटो दुरीको र्याफ्टिङ सञ्चालन हुँदै आएको छ ।
नदीमा पानीको वहाव नघटेकाले अघिल्लो वर्षभन्दा केही ढिलो गरी जलयात्रा शुरु भएको स्विसा र्याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसन कम्पनीका प्रबन्ध निर्देशक देव रेग्मीले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीमा १० वटाभन्दा धेरै कम्पनीले र्याफ्टिङका लागि पर्यटकहरुलाई जलयात्रा गराउँदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्