तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका १० जना जनप्रतिनिधिद्वारा नेकपा एकीकृत समाजवादीमा सनाखत

तनहुँ । तनहुँका दश जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नु भएको छ ।

जिल्लाको शुक्ल गण्डकी नगरपालिकाका चार वडाध्यक्ष सहित १० जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

शुक्ल गण्डकी नगरपालिका–३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामजी क्षेत्री र ११ का वडाध्यक्ष दलबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै एक जना दलित सदस्य र पाँच जना सदस्यले समेत सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले भदौ २२ सम्म सनाखतको समय दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button