तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि आज पेशी तोकिए पनि सो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

सशस्त्र द्वन्द्व कालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध लागेको सो मुद्दा संवैधानिक इजलासमा पेशी तोकिँदै २०७६ असोज २९ गते यता हेर्न नभ्याइने सूचीमा पर्दै आएको थियो । 

सभामुख सापकोटा विरुद्धको सो मुद्दा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओम प्रकाश मिश्रको संयुक्त इजलासले २०७२ चैत २२ गते संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button