तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट निष्कासित सांसदको पद रिक्त नगर्ने सभामुखको निर्णय

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदहरूको पद रिक्त नगर्ने निर्णय गर्नुभएको छ ।


सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजनीतिक दलसम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएकाले सभामुख सापकोटाले कारबाही गर्नु नपर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button