तपाईँ सुन्दै हुनुहुन्छः

सखुवाको काठसहित २ जना पक्राउ

सुनसरी । मोरङको बेलबारी नगरपालिका ३ स्थितबाट अवैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठसहित २ जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ वर्षीय दल बहादुर तामाङ र केराबारी गाउँपालिका ८ का ४० वर्षीय जित बहादुर तामाङ रहेका छन् ।


विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बा २१ च १८२९ नम्बरको बोलेरो पिक अप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीमा अवैध रूपले ल्याएको ३८.५ क्यू.फिट सखुवाको काठ बरामद गरेको हो ।


बरामद गरिएको काठ, गाडी र चालकसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागी सब डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button