तपाईँ सुन्दै हुनुहुन्छः

कराँचीको रासायनिक कारखानामा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको कराँची सहरस्थित एक रासायनिक कारखानामा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । 


आगलागीका बेला कारखानामा २० जना कामदार रहेका र आगोका कारण कारखाना रहेको भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । 


सन् २०१२ मा पनि त्यहाँस्थित एक कपडा कारखानामा आगलागी हुँदा २५० भन्दा बढी मजदुरको मृत्यु भएको थियो । 


कराँचीमा रहेको आवासीय क्षेत्रहरूमा धेरै कारखानाहरू एकै ठाउँमा रहेकाले दुखद घटनाहरू हुने गरेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button