प्रदेश १ मा थप ६ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४ जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ५०, मोरङमा १ सय ३८, सुनसरीमा १सय ५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३–३, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै, झापाको बिर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्ध शान्तिमा ८–८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३–३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २–२, सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सूर्योदय र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १, भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १–१, तेह्रथुमको आठराईमा २ र लालीगुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्बुमा १, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५ सय २८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २ सय ६३ महिला र २ सय ६५ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्