तपाईँ सुन्दै हुनुहुन्छः

प्रदूषण नियन्त्रण र रोजगारीको माग गर्दै गृहमन्त्री खाँणलाई ज्ञापन पत्र

बारा । प्रदूषण नियन्त्रण र रोजगारीको माग गर्दै बारा सिमराका युवा समूहले गृह मन्त्री बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाएका छन् । 

जगदम्बा स्टिल सिमराबाट हुने प्रदूषण नियन्त्रण गर्नु र उद्योगमा रोजगारीको व्यवस्था मिलाउन युवा समूहले गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सिमरा युवा समूहले केही दिनअघि सिमरा चोकमा हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए । तीन दिने अभियानका क्रममा जगदम्बा विरुद्ध हस्ताक्षर सङ्कलन गरी सरकारको ध्यानाकर्षण गराइएको सिमरा युवा समूहले जनाएको छ ।

हस्ताक्षर सङ्कलन गरी ज्ञापन पत्रसँगै गृहमन्त्री खाँणलाई हस्ताक्षर पनि बुझाइएको युवा समूहका नेतृत्वकर्ता सन्तोष कार्कीले जानकारी दिनुभयो । 

वर्षौँदेखि जगदम्बा स्टिलले मनलाग्दी रुपमा प्रदूषण गर्दै आइरहेको भन्दै सिमरा युवा समूहले ज्ञापन पत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

सिमराबाट काठमाडाँै पुगेको जम्बो टोलीले गृहमन्त्री खाँणलाई भेटेर रोजगारीको व्यवस्था मिलाउन समेत अनुरोध गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button