प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । सोमबार चन्द्रागिरी पुगेका नेताहरूले घोषणापत्र र पार्टीको नियमावली तयार पार्नुभएको हो ।
नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको थियो ।
चारवटै दस्ताबेज सोमबार बेलुका नै नेताहरूलाई बाँडिएको थियो । दस्ताबेज अध्ययनपछि मंगलबार केन्द्रीय समितिको बैठक बोलाइएको छ । चन्द्रागिरी रिसोर्टमा अहिले केन्द्रीय समितिको बैठक सुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्