तपाईँ सुन्दै हुनुहुन्छः

झुलनोत्सव पर्व समापन हुँदै

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको झुलनोत्सव पर्व आज मध्य रातिदेखि समापन हुँदैछ । आज मध्य रातिपछि झुलाको डोरी काटेर महोत्सवको विधिवत् रुपमा समापन गरिन लागेको छ ।


जनकपुरधामको मठ मन्दिरहरूमा विशेष कलात्मक झुला बनाएर त्यसमा भगवान् राम, सीता, लक्ष्मण, भारत शत्रुधन सहितको देवी देउताहरूको मूर्ति राखेर रेसमको डोरीले तानेर सन्त– महन्तहरूले तानेर झुलाउने गरेका छन् ।


जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, रत्न सागर मन्दिर, विहार कुण्ड तथा अग्नि कुण्डका मठ मन्दिरहरूमा विशेष धूमधामका साथ झुलनोत्सव पर्व मनाउने गरिन्छ । यसका साथै यस क्षेत्रका ग्रामीण क्षेत्रका राम सीताको मन्दिरहरूमा पनि झुलनोत्सव पर्व मनाइन्छ ।


करिब १५ दिनसम्म चल्ने झुलनोत्सव अवधिभरि जनकपुरधामको मठ मन्दिरमा विशेष रौनकता रहने गरेका छन् ।


करिब डेढ सय वर्ष अगाडी देखि सुरु भएको झुलनोत्सव पर्व कोरोना महामारीका कारणले यस वर्ष प्रभावित बनेको छ । विगतका वर्षहरूमा झुलनोत्सवमा सहभागी हुनका लागि नेपाल भारतको विभिन्न भागबाट उल्लेख्य रुपमा भक्तजनहरू जनकपुरधाम आउने गरेका थिए ।


यस वर्ष भक्तजनहरूको सहभागिता कम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभएको छ । उता अग्नि कुण्डमा सबैतिर समापन भएपछि पर्वको सुरुआत गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button