तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा ५० जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था डनले जनाएको छ ।

समाचार अनुसार दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनापछि रेल्वे सेवा समेत प्रभावित भएको छ । ट्रयाक खाली गराएर रेल्वे सेवा नियमित गर्ने प्रयास भैरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button