ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र एक घाइते
डडेलधुरा । डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ इराइनी खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीको गौरीगङ्गा नगरपालिका– १ का अन्दाजी २७ वर्षीय चालक प्रेम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
१६ वर्षीय पवन सिजापति दुर्घटनामा घाइते भएका छन् । उनको उपचार डडेलधुरा अस्पतालमा भइरहेको छ । से.२ च १४७२ नम्बरको ट्याक्टर सडकबाट सय मिटर तल खसेको प्रहरी नायब निरीक्षक शेरबहादुर बुढाऐरले जानकारी दिनुभयो ।
ट्याक्टरमा काठ लोड गर्न गएका चार श्रमिक सवार थिए । साँघुरो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।








प्रतिक्रिया राख्नुहोस्