जीतपुरसिमरा उपमहानगरपालिकामा ३ सय ८७ जना ज्येष्ठ नागरिकहरूले कोरोना विरुद्धको खोप लगाए

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ३ सय ८७ जना ७५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूले कोरोना विरुद्धको खोप लगाएका छन् ।
उपमहानगरपालिकाले फागुन २३ गते देखि २५ गते सम्म विभिन्न वडाहरूको १५ वटा खोप केन्द्रबाट ज्येष्ठ नागरिकहरूलाई खोप लगाएको थियो । सोही अवधिमा ज्येष्ठ नागरिक र लक्षित वर्गका सहित ३ हजार १ सय ६१ जनाले खोप लगाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख रबि भाष्करले जानकारी दिनुभयो ।
जसमा पुरुष १ हजार ७५८ जना र महिला १ हजार ४०३ जना रहेका छन् । ज्येष्ठ नागरिकहरूलाई कोरोना खोप लगाउँदा उनीहरूमा कुनै किसिमको समस्या देखा नपरेको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख भाष्करले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्