घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ६ सयले घटेर ८५ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्