अमेरिकी राष्ट्रपति ट्रम्पको आफ्ना लागि आवश्यक मतको व्यवस्था गर्न दबाव दिएको अडियो सार्वजनिक

काठमाडौ । अमेरिकी संसदले राष्ट्रपतिमा जो वाइडेन विजयी भएको औपचारिक घोषणा गर्न दुई दिन बाँकी छ । यद्धपी पराजित उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजा आफ्नो पक्षमा पार्ने असफल प्रयास जारी राख्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले जर्जिया राज्यका प्रमुख सविचलाई फोन गरी आफ्नो लागि आवश्यक ११ हजार ७ सय ८० मतको व्यवस्था गर्न दबाब दिनुभएको अडियो टेप वासिङटन पोष्टले सार्वजनिक गरेको छ । अडियो टप सार्वजनिक भएपछि अमेरिकाका पूर्व रक्षामन्त्रीहरुले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न र कसैमाथि आक्षेप नलगाउन आग्रह गर्नुभएको छ ।
अमेरिकी संसदले जनवरी ६ मा राष्ट्रपतिय निर्वाचनको अन्तिम परिणाम स्वीकार गर्नेछ । निर्वाचित राष्ट्रपति जो वाइडेनले जनवरी २० मा राष्ट्रपति पदको सपथ ग्रहण गनूृहुनेछ । सार्वजनिक अडियो टेपमा जर्जियाका प्रमुख सचिवले वास्तविक निर्वाचन परिणाम सार्वजनिक गरिसकिएको र त्यसलाई स्वीकार गर्नु नै हितकर रहेको सुझाव राष्ट्रपति ट्रम्पलाई दिनुभएको छ ।
अमेरिकाको ५० वटै राज्यले राष्ट्रपतिय निर्वाचनको आधिकारिक परिणाम संसदलाई बुझाइसकेका छन् । राष्ट्रपति ट्रम्पको तर्फवाट निर्वाचनमा धाधली भएको भन्दै दायर गरिएको ६० बढी मुद्धा अदालतले खारेज गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्