तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राहीका लागि निःशुल्क सहायता कक्षको व्यवस्था

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै प्रशासन कार्यालयबाट सेवा प्रवाहको क्रममा आवश्यक पर्ने सबै निवेदनहरु कार्यालयको सहायता कक्षमा निःशुल्क रुपमा लेखिने व्यावस्था गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस कार्यालयमा सेवा लिन आउने सेवाग्रहीले कुनै पनि निवेदन लेख्नको लागि कुनै किसिमको पैसा नदिन तथा कार्यालयको कोठा नं १२ मा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानीका लागि आउने सेवाग्राही तथा विभिन्न समस्यामा परेर आउने पीडितहरुको पीडा मर्का सुन्नका लागि निवेदन लेख्ने लेखनदासहरुले लामो समयदेखि सेवाग्राहीलाई ठग्ने गरेको भेटिएपछि यसलाई नियन्त्रण गर्न निःशुल्क सहायता कक्षको स्थापना गरी निवेदन लेख्ने व्यवस्था मिलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button