एक ट्याक्टर अवैध सुर्ति पक्राउ

बाँके । बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिदैं गरेको अवस्थामा ठुलो परिमाणको सुर्ति नियन्त्रणमा लिएको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काको नेतृत्वमा खटीएको प्रहरी टोलीले जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा लोड गरीएको अवस्थामा ४८ बोरा (३५ केजी) काचो सुर्ति बरामद गरेको हो ।
प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इन्चार्ज खड्काले बताउनुभयो । उक्त सुर्ति करिव तीन लाख ६० हजार मूल्य बराबरको रहेको बताइएको छ । सो सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्