ब्राउन सुगरसहित एक जना पक्राउ

टीकापुर कैलाली । लागु औषध ब्राउन सुगरसहित कैलालीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ७ सुनाफाटाबाट ३ ग्राम लागु औषध ब्राउन सुगर सहित नारायणपुरका लोकेन्द्र धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
गएराति ११ बजेतिर पक्राउ परेका धामीलाई आज जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्