बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरकी ३२ बर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या आएपछि कार्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा २६ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्