गजेन्द्रनारायण सिंह अस्पतालमा सिटी स्क्यान मेसिन जडान
सप्तरी । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज सिटी स्क्यान मेसिन जडान गरिएको छ ।
संघीय सरकारको सहयोगमा अस्पतालमा अत्याधुनिक प्रविधिको सिटी स्क्यान मेसिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनु भयो ।
यस्तो मेसिन काठमाडौंको वीरअस्पताल, टिचिङ्ग अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै संचालनमा रहेको छ भने १ सय २८ स्लाइसको एन्जिओग्राफिक यो मेसिनले मुटुको समेत परीक्षण गर्न सकिनेछ ।









प्रतिक्रिया राख्नुहोस्