नेकपा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताउनुभएको छ ।
अध्यक्ष ‘प्रचण्डले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्हुन्थ्यो । उहाँको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।









प्रतिक्रिया राख्नुहोस्