गाउँपालिका अध्यक्ष कुटपिट गर्ने पक्राउ
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट लगायतमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका वडा नं ५ का अर्जुन मडै र भरत मडै रहेका छन् । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गएको असोज २८ गते साँझ सुर्नया गाउँपालिकाको केन्द्रका विषयको विवाद लिएर गाउँपालिका अध्यक्ष विष्ट माथि आक्रमण भएको थियो । सो झडपमा ५ जना प्रहरी, ३ जना अध्यक्षसँग रहेका व्यक्ति र ६ जना सङ्घर्षरत पक्षका गरी १४ जना घाइते भएका थिए । घाइते अध्यक्ष विष्टको धनगढीमा उपचार भइरहेको छ ।
सुर्नया गाउँपालिकाको केन्द्र पबितामा राख्ने गाउँ कार्यपालिकाको निर्णय विरुद्ध आन्दोलित भएका स्थानीयहरू गाउँपालिका अध्यक्ष लगायत माथि कुटपिट गरेका थिए । सुर्नया गाउँपालिकाले गत बर्ष नै गाउँपालिकाको केन्द्र पबितामा राख्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध स्थानीयहरूले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । अहिले सो मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्