सुर्नया गाउँपालिका वडा न ५ का वडाअध्यक्ष मडैको निधन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ । जण्डीसका बिरामी समेत रहेका मडैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
६५ बर्षीय मडै पहिलेदेखि जन्डीसको बिरामी रहेको राष्ट्रिय युवा संघ बैतडीका जिल्ला कमिटी सदस्य नरेश बिष्टले जानकारी दिनुभयो ।
आज बिहान एक्कासी स्वास्थ्यमा आएपछि उहाँलाई उपचारका अस्पताल लैजादँै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्