चाडपर्व नजिकिँदै जाँदा तस्करी बढ्यो
भैरहवा । चाँडपर्व नजिकिँदै गर्दा भन्सार छलि गरी ल्याइएका सामानहरुको आयात बढेको छ ।
बिभिन्न बाटो प्रयोग गरी तस्करहरुले नेपाल भारतको खुल्ला सीमानाको फाइदा उठाउँदै चोरी पैठारीको बाटो प्रयोग गरी सामान ल्याउने गर्ने गरेका छन् ।
यहि असोज २८ गते बिहान ३ः३० को समयमा भन्सार छलि, चोरी पैठारी गरी खसी ओसार पसार गर्दै रुपन्देही जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर २ मोतिपुरबाट नौ वटा खसि प्रति इकाई १२ हजार मुल्य बराबरका दरले एक लाख आठ हजार बराबरका खसि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भन्सार छली चोरी पैठारी निकासी गरी खसी ओसारपोसार गर्दै गर्दा खसी ओसारपोसारमा प्रयोग भएका अटो रिक्सा लु१ह ३०१८ र लु१ह २२५३ गरी जम्मा मुल्य रु.५ लाख बराबर मुल्यको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी खडकबहादुर खत्रीले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बाट दाल, मटर, प्याज, लसुन, पुजा गर्ने तेल गरी जम्मा मुल्य रू.१६ हजार तीन सय ७५ को गरी सम्पूर्ण जम्मा मुल्य रू.६ लाख २४ हजार तीन सय ७५ बराबरको सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाइएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्