दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो खाता
मुगु । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो । आइतबार भएको (३×३) विधा अन्तर्गतको खेलमा नेपाल आर्मीले १३ अङ्कसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अङ्कसहित रजत पदक हात पारेको हो ।

यो कर्णालीका लागि पहिलो पदक हो । शनिबारसम्म कर्णालीले कुनै पदक जित्न सकेको थिएन । तर आइतबार भएको महिला बास्केटबलमा भने रजत पदक हात पारेसँगै कर्णालीले पदकको खाता खोलेको छ । यही विधामा भएको खेलमा (एफिएफ) क्लबले कास्य पदक हात पारेको छ ।
यसैगरी फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको (एफिएफ) ले स्वर्ण पदक हात पारेको छ । एफिएफ ५७ अङ्कसहित पहिलो भएको छ भने त्रिभुवन आर्मी क्लब २९ अङ्कसहित दोस्रो भएको छ । आर्मीले रजत पदक हात पार्दा नेपाल प्रहरीले कास्य पदकमै चित्त बुझाएको बास्केट बलका सिनियर रेफ्रि राजेश महर्जनले बताए ।








प्रतिक्रिया राख्नुहोस्