तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कदमविरुद्ध पत्रकार महासङ्घ मकवानपुरको धर्ना

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको कार्यालयमा धर्ना दिएको छ।

महासङ्घको नेतृत्वमा आइतबार हेटौँडा–४, हुप्रचौरस्थित रास्वपा पार्टी कार्यालयमा धर्ना दिँदै पत्रकारहरूले विधिको शासन, संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आवाज उठाएका हुन्।

धर्नाका क्रममा संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउने प्रवृत्ति अन्त्य गर्न तथा स्वतन्त्र पत्रकारितामाथि राज्य र विभिन्न पक्षबाट भइरहेको धरपकड र हस्तक्षेप तत्काल रोक्न माग गरिएको छ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको पूर्ण प्रत्याभूति हुनुपर्नेमा जोड दिँदै सञ्चारकर्मी तथा सञ्चार माध्यमको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button