तपाईँ सुन्दै हुनुहुन्छः

धादिङको रुबीभ्यालीमा जीप दुर्घटना, एक महिलाको मृत्यु, सात जना घाइते

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका–४, बोराङस्थित बतासे फेदीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बतासे दोभानमा लागेको एकादशी मेलामा पूजाआजा गरी लापातर्फ फर्किने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेको र आसपासमा मोबाइल नेटवर्कसमेत नचल्ने भएकाले उद्धारमा कठिनाइ भएको छ ।

राति करिब २ बजेअघि नै दुर्घटना भए पनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button