तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ।

भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्धारण गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button