तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु 

काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका १० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटो आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकार दिपक विष्टका अनुसार अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका-१० निवासी करिब ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, छ वर्षीया डल्ली महरा र करिब पाँच वर्षीय रियाज महराको मृत्यु भएको छ ।

अटोमा चालकसहित ६ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो चालक तथा अन्य सवार व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

हाल बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button