नागरिक सहायता कक्षबाट ५ हजार ८ सय नागरिक लाभान्वित
बैतडी । बैतडीमा दसैँ–तिहारलाई लक्षित गरी स्थापना गरिएका यात्रु सहायता कक्षबाट ५ हजार ८ सय जनाले सेवा लिएका छन् । जिल्लाका विभिन्न १४ स्थानमा स्थापना गरिएका सहायता कक्षबाट उक्त सङ्ख्यामा नागरिकले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने र समस्या परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको थियो ।
सहायता कक्षबाट ५ हजार ८ सय नागरिकले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । मुख्य गरी राजमार्गमा सवारीको चापमा कारण समस्यामा परेका यात्रुहरूले नागरिक सहायता कक्षबाट बढी सेवा लिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्