मुगु जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट सुर्खेत लगियो
मुगु । मुगुमा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ।

दुर्घटनामा जिप चालक ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका थिए। उनीहरू दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको हो।
यसअघि छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा पाँच जना सवार रहेकोमा दुई जना घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्