तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । 

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button