तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ५ नाल भरुवा बन्दुक बरामद 

सल्यान । सल्यान जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिकाबाट अवैध भरुवा बन्दुक फेला परेका छन् । 

बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका ७ लेक संग्रही स्थित सिम्टिगैरा सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

वनमा बेवारिसे बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ३ नाल बन्दुक साबुत र २ नाल बेसाबुत गरी ५ नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । फेला परेका बन्दुक इलाका प्रहरी कार्यालय देवस्थल ल्याइएको प्रहरीको भनाई छ । पछिल्लो समय जिल्लामा बेवारिसे भरुवा बन्दुक फेला क्रम बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button