तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा ८ हजार ३०० र चाँदी १७५ रुपैयाँले घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button