तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गर्नुभएको छ । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उहाँहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुभयो । 

प्रधान सेनापति सिग्देलले  देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्ति सुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button