तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उहाँले प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button