डिलरमार्फत नै ग्याँस खरिद गर्न सङ्घको आग्रह
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्याँस खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । एलपी ग्याँसको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्याँस बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै सङ्घले अब डिलरमार्फत नै ग्याँस खरिद गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्याँस खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नुभएको छ । नेपाल आयल निगम र एलपी ग्याँस उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्रान्डका सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्