तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्ला मञ्चमा बस्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ । बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button