रास्वपाका कुनै नेता-कार्यकर्तालाई अहङ्कार बोक्ने छुट छैन : महामन्त्री आचार्य
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेता-कार्यकर्ताहरुमा दम्भ र अहङ्कारको छुट नभएको बताउनुभएको छ । रुपन्देहीको सियारीमा आयोजित पार्टीको कार्यक्रममा उहाँले अहिले साना साना कमजोरी पनि गर्ने छुट रास्वपामा जोडिएका कसैलाई नभएको बताउनुभयो ।

महामन्त्री आचार्यले मिडिया र आम नागरिकले समेत पार्टीका नेता-कार्यकर्ताको साना-साना कमजोरी बाहिर ल्याइरहेको समयमा यसबाट सचेत रहनुपर्ने बताउँदै यसले आफूहरूलाई पनि सुधार गरेर लैजाने भएकाले सकारात्मक लिनुपर्ने जनाउनुभएको थियो ।
महामन्त्री आचार्यले सरकारले गरेका सकारात्मक काम जनस्तरमा पुराउन र जनस्तरको अपेक्षा पार्टी तथा सरकारसमक्ष पुर्याउन स्थानीय कमिटी बढी संवेदनशील हुनुपर्ने बताउनुभएको थियो । आचार्य आइतबार रुपन्देहीका विभिन्न स्थानमा भेटघाट तथा केही कार्यक्रममा सहभागी हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्