तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा शुक्रवार राती १२ बजेदेखि संसद् अधिवेशनको अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी संघीय संसद्को चालु अधिवेशनको अन्त्य गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले आज विज्ञप्ति जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार राती १२ बजेदेखि संघीय संसद्को दुवै अधिवेशनको अन्त्य गर्नुभएको जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button