तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

भद्रपुर, झापा । झापाको अर्जुनधारामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार साँझ ७ः०० बजे अर्जुनधारा नगरपालिका वडा नं ६ कप्तानबारीस्थित  शनिश्चरे बिर्तामोड सडक खण्डमा प्र.१–०१–०१७ प ६५२८ नं को  मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको  थियो । दुर्घटनामा पैदलयात्री अर्जुनधारा –८ बस्ने ४५ वर्षीय माइलो भनिने साइला माझी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा राति ११ः५० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक अर्जुनधारा वडा नं १ बस्ने वर्ष २८ का सुमन लिम्बू र मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button