दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज, अधिक सञ्चय नगर्न सरकारको आग्रह
काठमाडौँ । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै अनावश्यक रूपमा वस्तु सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा पर्याप्त खाद्यान्न मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयले बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने जनाएको छ ।
विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।







प्रतिक्रिया राख्नुहोस्