तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीबाट १९६ किलो गाँजासहित दुई जना पक्राउ

महाेत्तरी।महोत्तरीको बर्दिबासबाट प्रहरीले १९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासले गोप्य सूचनाका आधारमा शनिबार साँझ बर्दिबास नगरपालिका–१ मा बा ५ च ८००१ नम्बरको पिकअप रोकी जाँच गर्दा ढालाको भागमा लुकाएर राखिएको १५ पोकामा प्याक गरिएको गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा पिकअप चालक धादिङका २६ वर्षीय रोशन भुजेल र मकवानपुरका ३६ वर्षीय वीरेन्द्र स्याङ्बो रहेका छन्।

प्रहरीका अनुसार उनीहरूसहित पिकअप र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button