संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतन्त्र थप बलियो हुन्छ : प्रदेश प्रमुख डा कर्ण
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको जनाउनुभएको छ ।
उहाँले संविधानले सुनिश्चित गरेका अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुहुँदै संविधानको भावना र उद्देश्यअनुसार राज्यका सबै तह र पक्ष अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रमुख कर्णले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ हुने भएकाले यसको थप एवं प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्